काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र कोरोनाले काठमाडौंमा १ महिला र २ जना पुरुष, ललितपुरका २ पुरुष र भक्तपुरका एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ ।

यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version