काठमाडौं: कोरियाबाट आसियान एयरलाइन्सबाट आएकामध्ये ११ जनाको पीसीआर रिर्पोट नहुँदा १६० जना यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

शनिबार दिउँसो ४ बसेर ४२ मिनेटमा ल्याण्ड भएको आसियाना एयरलाइन्सको ओज्यड ७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसका कारण १६० जना यात्रु नै यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएका छन् । सबै यात्रुलाई होटेल जान भनिएपछि विमानस्थलमा ती यात्रुले नाराबाजी गरिरहेका छन् ।

तर, कोरियाबाट आएका यात्रु प्रविन पौडेलले भने पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न नपाइने भएकाले सबैको रिपोर्ट रहेको दाबी गरे । उनले कति जना र क–कसको रिपोर्ट छैन भन्ने जानकारी विमानस्थलले नगराएको बताए । “तपाईंहरु सबै होटलको क्वारेन्टिनमा बस्नुपर्छ भन्नुभएको छ । हामी सबैले कोरोना परिक्षण गराएरै आएका हौं । पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न पाइँदैन । अहिले यहाँ घरि ५ जनाको घरी ७ जनाको रिपोर्ट छैन भन्नुभएको छ,” उनले भने ।

आसियान एयरलाइन्सलाई उड्न नदिने र यात्रुलाई दुःख दिने मात्रै काम भएको उनले आरोप लगाए । उनका अनुसार कोरियन एयरले प्रतिव्यक्ति १ लाख ३० हजार रुपैयाँ भाडा भनेको तर आसियान एयरलाइन्सले १ लाख ५ हजार रुपैयाँमा नै ल्याएकाले उसलाई दुःख दिने नियतले यस्तो गरिएको दाबी पौडेलको छ ।

“४ घण्टा हुन लागिसक्यो । अहिलेसम्म कुन यात्रुको पीसीआर रिपोर्ट नभएको हो भन्नेसम्म जानकारी गराइएको छैन । यसमा पूरै चलखेल छ । एयरलाइन्सलाई उड्न नदिने र होटलहरुलाई ग्राहक राख्‍नका लागि मात्रै यस्तो गरिएको हो । पीसीआर रिर्पोट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न नै नदिइदैन । पीसीआर रिपोर्ट छैन भन्नु नै गतल हो,” उनले दाबी गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले भने १०÷११ जनाको रिपोर्ट नपाएकाले सबैलाई होटेलमा लैजान भनिएको बताए ।

सरकारको निर्णय अनुसार पीसीआर गरेका र नगरेका यात्रुलाई सँगै ल्याए सम्बन्धित विमान कम्पनीको खर्चमा सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राख्नुपर्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version