काठमाडौँ: नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

डा.गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आवासीय चिकित्सकहरुले पनि आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्।

शनिबार राति सरकारी पक्ष र डा.केसी प्रतिनिधिबीच ८ बुँदे सहमति भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version