काठमाडौं: सरकारले गाडी आयातमा लगाएको ५० हजार डलरको सिलिङ्ग हटाएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सरकारले लागू गरेको ५० हजार डलर माथिको सवारी आयातमा लगाएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । योसँगै अब नेपाली अटोमोबाइल व्यवसायीहरुलाई जतिपनि महङ्गा र लग्जरी गाडीहरु भित्र्याउन र बिक्री वितरण गर्न बाटो खुलेको छ ।

 

यसअघि सरकारले महङ्गा गाडीलाई विलासिताको साधनको रुपमा व्याख्या गर्दै ५० हजार डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  सरकारको सो निर्णयले स्वदेशी धनाढ्यसँगै विदेशी कुटनीतिक नियोग,कुटनीतिक सुविधा प्राप्त संघ संस्था तथा विदेशी कर्मचारीहरु समेतले नीजि प्रयोगका लागि महङ्गा गाडी किन्न पाउने अवस्था थिएन । तर सरकारले आफ्नै पूर्व निर्णयलाई उल्टाउँदै पुनः निर्णय गरेसँगै तत्कालका लागि यो बन्देज हटेको छ ।

 

 

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेकाले सवारी आयातमा लगाइएको बन्देज फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

योसँगै सरकारले गत चैत २४, २०७६ मा विदेशी मदिराजन्य पदार्थमा लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version