काठमाडौँ: दहचोकस्थित मनमोहन शिक्षण अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ।

 

हालसम्म आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भइरहे पनि संक्रमण दर ह्वात्तै बढेपछि यी दुई आइसोलेसन सेन्टरलाई पनि कोरोना अस्पताल बनाइने भएको हो।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब यी दुई अस्पतालमा लक्षणसहितका संक्रमित पनि भर्ना गरिने जनाए। यसअघि भने यहाँ लक्षणविहीन अवस्थाका संक्रमितहरूलाई मात्र राखिँदै आएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version