काठमाडौँ: साताको अन्तिम दिन पूँजी बजार सामान्य वृद्धि भएको छ । नेप्से शुन्य दशमलब ६१ अंकले बढेर एक हजार २१० दशमलब ३२ अंकमा पुगेको छ ।

बुधबार नेप्से २८ दशमलब ७३ अंकले बढेर एक हजार २०९ शमलब ७१ अंकमा पुगेको थियो ।

नेप्सेमा सामान्य सूधार आएपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ ।

बाणिज्य बैंक र उत्पादन मूलक समूहमा आएको सुधारले नेप्सेलाई हरियो रंग दिन सफल भएको छ । बाणिज्य बैंक र उत्पादन मूलक समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बाणिज्य बैंक र उत्पादन मूलक समूहको परिसूचक क्रमश: ४ दशमलब १ अंक र ७७ दशमलब ३२ अंकले बढेको छ । आजको कारोबारमा सबैभन्दा निर्जिबन बीमा समूहको परिचूचक २९ दशमलब ८७ अंक, जीवन बीमा २० दशमलब ७७ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ६ हजार ४४१ कारोबारबाट ४५ करोड ५२ लाख ४३ हजार ४५८ रुपैयाँ बराबरका १३ लाख ६१ हजार ६२७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बुधबार नेप्सेमा १६० कम्पनीहरुको ३ हजार २७८ कारोबारबाट ३६ करोड एक लाख ६३ हजार ४५८ रुपैयाँ बराबरका १० लाख ६८ हजार ५५७ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version