काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशको समस्या समाधान गर्ने विषयमा छलफल भएको छ।

बुधबार दिउँसो बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको र कर्णाली प्रदेशमा देखिएको विवाद समाधान र रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा कुरा भएको बालुवाटार स्रोतले जनाएको छ।

‘उहाँहरुबीच कर्णाली समस्या समाधानको विषय र रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा छलफल भयो’, स्रोतले भन्यो। आइतबार प्रधानमन्त्री ओली रिक्त मन्त्री नियुक्त गरेर जाने तयारी गरे पनि त्यो सफल भएको थिएन।

‘कर्णालीको विवाद समाधानका लागि त्यहाँको टिम नै बोलाइको छ त्यसलाई निष्कर्षमा पुर्याउनु पर्नेछ’ स्रोतले भन्यो, ‘उता मन्त्रिपरिषद् टुंगिएको छैन चर्चामात्रै भयो, त्यही विषयमा छलफल भएको हो।’

कर्णाली प्रदेशका नेकपा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएका थिए। तर, हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय संसदहरुले भने सहमतिपछि हस्ताक्षर फिर्ता लिएका थिए। त्यस्तै विवाद थप बढ्न नदिन पार्टी नेतृत्वले हस्तक्षेप गरेर प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सचिव, मुख्यमन्त्री र केही सांसदलाई छलफलका लागि काठमाडौं बोलाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version