काठमाडौँ: पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने दुई युक्रेनी नागरिकलाई प्रहरीले विहिबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका युक्रेनी नागरिकले काठमाडौँको पुतलीसडक स्थित एउटा घर भाडामा लिई कार्यालय समेत खोली वैदेशिक रोजगारमा पोल्याण्‍ड पठाई दिन्छु भन्दै रकम लिई ठगी गरेको निवेदकहरुको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपी उदयपुर,वेलगर बस्ने वर्ष २६ को बुद्धिराज विष्‍ट समेतका ९ जनाले प्रहरीमा पेश गरेको निवेदनको आधारमा तत्काल यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा निम्नानुसारका व्यक्तिहरुलाई शंकास्पद अवस्थामा भेटी आवश्‍यक अनुसन्धानको लागी यस महाशाखामा ल्याईएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुअर पक्राउ पर्नेमा २६ वर्षीय बिटाली बिल्या र २३ वर्षीय नतालिया मेलान्कुक रहेका छन् ।

उनीहरु पर्यटक भिसामा २६ अप्रिल, २०१८ मा नेपाल प्रवेश गरेका हुन्।

उनीहरुले पिपल ओर्क ग्रुप नामको कार्यालय संचालन गरी सोही कार्यालयबाट सामाजिक संजालको प्रयोग गरी पोल्याण्‍डमा सजिलैसँग रोजगारमा जान सकिने ,मासिक रु.९० हजार देखि १ लाख सम्मको तलव साथै अन्य आकर्षक सुबिधा समेत रहेको भनि प्रलोभन देखाई झुट्टा प्रचार गरी पीडितहरुलाई सम्पर्कमा ल्याईआवश्यक कागजात र रकम संकलन गर्ने गरेको प्रहरीले जनाएको छ।

पीडितहरुलाई रोजगारीको लागि पोल्याण्‍डसम्म पुग्न जम्मा रु. ७ लाख ५० हजार लाग्ने र प्रोसेस शुरु गर्न तत्काल कम्तिमा २ लाखसम्म लाग्छ भनि केही पीडितहरुबाट प्रतिव्यक्ति १ लाख ८० हजार देखि दुई लाखसम्म रकम संकलन गरी सकेको साथै हालसम्म करीब ६०० जनालाई सामाजिक संजाल कै माध्यमबाट सम्पर्कमा ल्याई रकम असुल गर्ने प्रक्रियामा रहेको देखिएकोले निजहरुलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागी विहिबार महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको जनाएको छ।

कानुनी प्रावधान:-
मुलूकी ऐन ठगीको महल अनुसार झुक्याई,विश्ववासमा पारी ठगी गरेमा कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरीवाना र पाँच वर्ष सम्म कैंद हुने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version