काठमाडौँ: १८ औं एसियाडमा सहभागी हुन् आज जम्बो नेपाली टोलि इण्डोनेसिया प्रस्थान गर्दैछ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टको अगुवाईमा नेपाल ओलम्पिक कमिटीका अध्क्षय जीवन राम श्रेष्ठ, खेलाडी, अफिसियल र पत्रकारहरुको जम्बो टोली आज साझा ०९:४५ बजे मालिण्डो एर बाट इन्डोनेसिया तर्फ प्रस्थान गर्दै छन्।
शनिवार हुने एसियाडको उद्घाटन समाहरो भने नेपाली समय अनुसार साँझा ०५:४५ मा इण्डोनेसियाको राजधानी जाकार्तामा शुरु हुने छ। करिब ३ घण्टा सम्म चल्ने समाहारोको मार्च पासमा भने नेपालको झण्डा बोकेर अग्रपन्थिमा पुर्व साउथ एसियन
गमेसका स्वर्ण पदक धारी कमल बहादुर अधिकारी देखिने छन्।
एसियाडमा नेपालीको प्रतिनिधि गर्दै झन्डै तीन सय पुग्दै छन् इण्डोनेसिया। युवा तथा खेलकुद मन्त्री जगत कुमार बिस्वकर्मा भने यस प्रतियोगितामा सहभागी नहुने अहिले सम्म टुङ्गो लागि सकेको छैन।
हालसम्म नेपालले दुई संस्करणबाहेक सबै एसियन गेम्समा सहभागिता जनाएको छ । हरेक एसियन गेम्समा नेपालले सहभागिता जनाएपनि त्यो सहभागितामै मात्रै सीमित भएको छ । एसियाडको १८ औं संस्करण इण्डोनेसियाको जर्कर्तामा शनिवार देखि शुरु हुदै छ।
१५ संस्करणसम्म सहभागिता जनाउदा अहिलेसम्म १ रजत २२ कास्य गरी २३ पदक मात्रै जित्न सफल भएको छ र देशले लगानी गरे अनुरुप यो संतोसजनक परिणाम हो । जुन सहभागिताको आधारमा पनि एकदम संतोस्जनक नै हो ।
१९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेशियाको जाकार्तामा भएको यस प्रतियोगितामा भने नेपालले सहभागिता जनाएन । नेपालले पहिलो एसियाली पदक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको संस्करणमा जितेको थियो । त्यसयता नेपालले जम्मा एक रजत र २२ कास्य गरी २३ पदकमात्र हात पारेको छ । नेपाललाई एकमात्र एसियाली रजत पदक जिताउने खेलाडी तेक्वान्दोकी सविता राजभण्डारी हुन् । तेक्वान्दोमा नेपालले १३ कास्य पनि जितेको छ । यस्तै बक्सिङमा ६ र करातेमा तीन कास्य पनि नेपाल भित्रिएको छ ।
इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा नेपालले यसपटक २९ खेलमा सहभागिता जनाएको छ । जुन अहिलेसम्मकै सर्वाधिक धेरै सहभागिता हो । अघिल्लो संस्करणको एसियाडमा करातेकी विमला तामाङले कास्य पदक जित्दै नेपाललाई पदकविहिन हुनबाट जोगाएकी थिइन् । त्यसअघि चीनको ग्वान्जाउमा भएको संस्करणमा पनि बक्सिङका दिपक महर्जन नेपालका लागि पदक जित्ने एक्ला खेलाडी बनेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार बिष्ट अनुसार नेपालले यसपाली ७ खेलमा पदक ल्याउन सकिने जानकारी गराए। बुधबार खेलकुद परिषद आयोजित पत्रकार भेटघाटमा सदस्य बिष्टले ‘हाम्रो २९ मध्ये १९ खेलका खेलाडीहरुले राम्रो वैदेशिक प्रशिक्षणको मौका पाएका छन् । अन्य खेलले पनि नेपालमा राम्रै प्रशिक्षण गरेको हुनाले यस पटक पदक सङ्ख्यामा उल्लेख्य वृद्धि हुनेछ ।’
सदस्य सचिव विष्टका अनुसार यस पटक मार्सल आर्टस्का खेल (कराँते, तेक्वान्दो, उसु, जुडो), बक्सिङ, प्याराग्लाडिङ र स्केटबोर्डबाट पदक आउनेमा उहाको दावी छ । ‘खेल इतिहासमा यसपटकको एसियाडका लागि खेलाडीहरुले राष्ट्रिय टिममा निरन्तर तीन महिना सम्म बिशेष प्रशिक्षण पाएका छन् र उनीहरुको खेलमा पनि धरैनै सुधार आएको मैले जानकारी प्राप्त गरेको छु ।’
‘एसियाडका लागि २९ मध्य १९ खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा विभिन्न मित्र राष्ट्रहरुमा छन् र उनीहरुको मेहनतले नतिजामा सकारात्मक प्रभाव पार्नेछ । त्यसैले हामीले पदकको अपेक्षा गरेका हौं ।’
परिसदले एसियाडको तयारीका लागि सरकारसँग ८ करोड रुपैयाँ माग गरेको थियो । तर सरकारले पाँच करोड निकासा गरेको र बाँकी नपुगेको रकम प्रतियोगितबाट फर्किएपछि निकासा गर्ने आश्वासन दिएको सदस्य सचिब विष्टले बताए ।
एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला एसियाडमा ४५ राष्ट्रका एघार हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाट २९ खेलका १८५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमध्ये १२९ पुरुष र ५६ महिला खेलाडीले इण्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरुको साथमा ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र एक जना दोभासे रहेका छन् ।
नेपाली टोलीका तर्फबाट सेफ द मिसन समेत रहनु भएका सदस्य सचिब विष्टले खेलाडी र ब्यवस्थापक बाहेक एक सय जना भन्दा बढी नेपाली पदाधिकारी इण्डोनेसिया जान लागेको जानकारी गराउनु भयो ।
यो टोलीमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र पत्रकार रहनेछन् । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ ।
नेपालले सहभागिता जनाउनेमध्ये २९ खेलमध्ये २३ वटा खेल जाकर्ता र ६ वटा खेल पालेम्बाङमा खेल्ने छ ।
नेपालले सहभागिता जनाउने खेलहरु : आर्चरी, एथलेटिक्स, थ्री अन थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाईडिङ, लनटेनिस, सुटिङ, ट्रयथलन, सेपाकताक्रो, स्पोर्टस क्लाम्बिङ र स्केटबोर्ड रहेका छन् ।

