काठमाडौं : ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्।

 

हिजो बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन्।

 

बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो। त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

 

खुकुरी प्रहार गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ।

 

खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version