काठमाडौँ: सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको हो।
कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न भनेको छ।
Facebook Comments Box
