काठमाडौं: साल्ट  ट्रेडिङ्ग कर्पोरेशन (एसटीसी) ले आयात गरेको चिनी एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको छ
भारतीय आपूर्तिकर्ताले चिनी पठाउने प्रक्रिया सुरु गरिसकेको छ र यो एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको एसटीसीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्
एसटीसीले झन्डै दुई महिना अघि चिनी आयातका लागि १५ दिनको म्याद राखेर बोलपत्र माग गरेको थियो ।
तर पहिलो पटक निकालिएको बोलपत्रमा कुनै पनि आसयापत्र छनोट नभएपछि एसटीसीले  पुन:टेन्डर सूचना जारिगरेको थियो ।
सरकारले सार्वजनिक संस्थान एसटीसी र खाद्य व्यवस्थापन तथा   ट्रेडिङ्ग कम्पनीलाई ५० प्रतिशत भन्सार दरमा ३०,००० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो
साल्ट  ट्रेडिङ्ग कर्पोरेशनको दोश्रोपटक गरेको बोलपत्रमा भारतको रेणुका सुगर मिल प्राइवेट लिमिटेडले २०,००० टन चिनी आपूर्तिका लागि छनोट भएको थियो ।
“हामीलाई आशा छ कि आपूर्तिकर्ताले दुई दिनभित्र यसको कारखानाबाट चिनी पठाउँनेछ र यो एक हप्तामा नेपालगञ्ज बन्दरगाहमा आइपुग्नेछ,” उनले भनिन्।
बोलपत्र पुन:निकाल्नु पर्दा  चिनीको आयात गर्न झन्डै १५ दिन ढिला भएको उनको भनाई छ ।
लक्ष्य अनुसार चिनी आयात गर्न केही ढिलाइ भए पनि बजारमा चिनीको कुनै समस्या छैन किनकि निजी क्षेत्रसंग  चिनीको पर्याप्त भण्डार रहेको उनले बताइन्  ।
“हामीले पनि  ग्राहकलाई  सुपथ पसल मार्फत छुटमा प्रतिव्यक्ति चार किलोको दरले  चिनी बेचिरहेका छौ,” उनले भनिन ।
एसटीसीले आयात गर्ने चिनी दशैंपछि बजारमा जाने उनको भनाई छ ।
दशैं उत्सवको तुलनामा तिहारमा चिनीको माग बढ्नेछ।
दशैं र तिहारका लागि करीव  २५००० मेट्रिक टन चिनी आवश्यक पर्ने भएपनि कोरोन महामारीको बीचमा धेरै होटेल र रेष्टुरेन्टहरू बन्द हुँदा यस वर्ष चिनीको माग घट्ने उनले बतईन् ।
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version