काठमाडौँ: परिवारको सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि, पारिवारिक माहोल कस्तो हुन्छ होला? सायद भोग्नेले जति अरुले भन्न सक्दैन्।

 

श्रीमानश्रीमति, छोराछोरी होस् वा हजुरबा हजुरआमा सबैको मनमा चिसो पस्छ। त्यसैमाथी, परिवारका अन्य सदस्यमा पनि संक्रमणको जोखिम।

 

विश्वमा दश लाख र नेपालमा सात सयभन्दा धेरैको ज्यान लिएको रोग लागेपछि उपचार गरौंला भन्नलाई औषधि छैन। ज्यानले कति धान्न सक्छ, त्यसैको भर हो।

 

यस्तै, परिस्थितिबीच गुज्रिएका एक परिवारको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ, नबिल बैंकले। ३ मिनेट २५ सेकेण्डको यो भिडियो दश घण्टामै ढेड लाखले हेरिसकेका छन् भने फेसबुक पेजमा सयौंका मन पराएका प्रतिक्रिया आएका छन्।

 

भिडियो आम नेपालीले देखेको र भोगेको सामान्य घटनाको छ तर निकै शक्तिशाली।

 

तीन जनाको परिवारमा बाबुलाई कोभिड–१९ पोजिटिभ आउँछ। श्रीमतिको मन अमिलो हुन्छ।

 

‘सब ठिक हुन्छ, केही हुँदैन,’ ढोका बाहिरबाटै भन्छिन् तर आँसु लुकाउन सक्दिनन्।

 

छोरीका साथीले दसैंको लागि कपडा किनिसके।

 

‘यसपाली त दसैं आएको मनै परेको छैन्,’ भिडियो कलमा छोरीले आँसु चुहाउँदै साथीलाई भन्छिन्।

 

अन्ततः दसैंको दिन बाबाको रिपोर्ट नेगेटिभ आउँछ। परिवारमा खुसी छाउँछ। दसैं रमाइलो हुन्छ।

 

सुन्दा सामान्य लाग्ने यस भिडियोमा कलाकारको अभियन प्रशंसनीय छ।

 

आज शनिबार सार्वजनिक गरिएको यो भिडियोलाई छोटो समयमै धेरैले मन पराएको बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए।

 

‘दश घण्टामै सवा लाखले यो भिडियो हेरिसक्नु भएको छ,’ सुवेदीले भने, ‘राम्रो भनेर सयौंको कमेन्ट्स आएका छन्।’

https://www.facebook.com/watch/?v=407009100701676

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version