एजेन्सी: इंग्लिस प्रिमियर लिगमा न्यूक्सालमाथि म्यानचेस्टर यूनाइटेडले ४–१ को सानदार जित हात पारेको छ।

 

दोस्रो मिनेटमा लुका साको अप्रत्यासित आत्मघाती गोलबाट पछि परेको यूनाइटेडले त्यसपछि लगातार चार गोल थप्यो।

 

२३औं मिनेटमा ह्यारी मगाएरको गोलसँगै यूनाइटेडले खेलमा बराबरी गर्यो।

 

८६ औं मिनेटमा ब्रुनो फर्नान्डेज र निर्धारित समयको अन्तिम मिनेटमा आरोन वेन बिसाकेले गोल गरे।

 

यस्तै इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै यूनाइटेडलाई ४–१ को जित दिलाए।

 

जितसँगै यूनाइटेड ४ खेलमा ६ अंकसहित १४औं स्थानमा उक्लिएको छ। त्यति नै अंक रहेको न्यू क्यासल भने १३ औं स्थानमा छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version