काठमाडौँ: नेपाल राष्ट्र बैंकले फेरि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रकृया थालेको छ। सरकारका लागि राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी बिल्समार्फत आन्तरिक ऋण उठाइ दिन लागेको हो। कात्तिक ४ गते आन्तरिक ऋण उठाइने छ।
राष्ट्र बैंकले चार अर्ब नयाँ सहित ११ अर्ब २० करोडको ट्रजरी बिल जारी गर्न लागेको हो। यसमध्ये ७ अर्ब २० करोड नवीकरण गर्नु पर्ने छ।
चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो दोस्रो ट्रेजरी बिल हो। यसअघि ३ अर्बको जारी गरेको थियो। राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिँदैछ। यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ।
अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ उठाइदिइसकेको छ। अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ।
Facebook Comments Box
