काठमाडौं : नेपाली कांग्रेसले दसैंभत्ता फिर्ता गर्ने निर्णय गरेको छ।

 

दशैंभत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएको सचेतक पुष्पा भुसालले जानकारी गराइन्।

संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो। सांसदट्ठय प्रकाशमान सिंह र डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्न सुझाएका थिए।

 

प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन्।

 

प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version