काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पनि दशैं तिहारको भत्ता फिर्ता गर्ने निर्णय गरेका छन ।

 

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।

 

‘सधैंजसो सांसदलाई दसैँ तिहारको भत्ता स्वरुप एक महिनाको तलब आउँछ’ नेम्वाङले भने, ‘अहिले कोरोना माहामारी भएकाले भत्ता नलिने सबै नेकपाका सांसदको भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भयो।’ कोरोनाले सबै जनता त्रसित भएकाले सबै नेकपा सांसदले सादा सामान्य दसैँ मनाउने निर्णय भएको नेम्वाङले बताए।

 

राष्ट्रिय सभामा नेकपाका ४६ जना र प्रतिनिधि सभामा १ सय ७४ जना सांसद रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version