काठमाडौँ: सरकारी अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने सरकारको निर्णय कार्यान्वयन गर्न थालेका छन् ।

काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार सूचना जारी गर्दै संक्रमित आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ ।

सूचनामा खाना अस्पतालको क्यान्टिनमा नगद धरौटी राखेपछि उपलब्ध हुने जानकारी गराइएको छ । अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको बताए । वीर अस्पतालले नयाँ निर्णय छिट्टै लागू हुने जनाएको छ ।

‘सम्भवतः मंगलबारदेखि लागू हुन्छ,’ अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले स्पष्ट ‘गाइडलाइन’ तयार भए मात्र लागू हुन सक्ने बताए ।

उनले भने, ‘सरकारले बिरामीको अवस्थाअनुसार उपचारको दैनिक भत्ता दिइरहेको छ अनि हामीले किन बिरामीलाई तिराउने ?’ त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले लेखासम्बन्धी ‘सफ्टवेयर’ मा प्राविधिक तयारी गर्नुपर्ने भएकाले नयाँ निर्णय मंगलबारबाट मात्रै लागू हुने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version