काठमाडौं : जनता समाजवादी पार्टीको शक्तिशाली संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन्।

हिजो सोमबारदेखि बसेको जसपा कार्यकारिणी समिती बैठकले भट्टराईलाई शक्तिशाली संघीय परिषद् अध्यक्षमा चयन गरेको हो।

सो परिषद् केन्द्रीय समिती भन्दा पनि माथिल्लो निकाय पनि बनेको छ।

‘जसपाको विधान संशोधन गर्दै केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ’ जसपाका एक नेताले भने।

केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। यसअघि डा। भट्टराई जसपाको वरिष्ठ नेता थिए।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच वैशाख ९ गते पार्टी एकता भएर जनता समाजवादी गठन भएको थियो। पार्टी एकतापछी निर्वाचन आयोगमा दल दर्ता गर्दा कुरा नमिलेपछि डा। भट्टराई वरिष्ठ नेतामा रहेर दल दर्ता गरिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version