काठमाडौं : आज मंगलबार राति अत्यधिक उल्का वर्षा हुने भएको छ।
राति पौने ११ बजे देखि बुधबार बिहान पौने ५ बजे सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।
हेलिको पुच्छ्रेताराका कारण हुने यो मृगशिरा उल्कावर्षा भएको उनले बताए। भट्टराईका अनुसार यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण प्रत्येक वर्ष मे महिनामा एक्वारिएट र अक्टोबरमा ओरियनिड उल्कावर्षा हुने गर्छ।
आजको उल्का वर्षाको स्रोत ओरायन ९मृगशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृगशिरा उल्कावर्षा नाम दिइएको छ। अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ।
‘उल्का वर्षा हेर्न मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ,’ भट्टराईले भने।
ती उल्का वर्षाहरुको गति प्रतिसेकेन्ड ६७ कि।मि। सम्म हुने भएकोले करिब ७० कि।मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ।
उल्कावर्षा हेर्न कुनै दूरबिन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नांगोे आँखाले नै हेर्न सकिन्छ।
