काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version