एजेन्सी: बेन्चबाट मैदान प्रवेश गर्दै जेमी भार्डीले गरेको निर्णायक गोलमा लेस्टरले आर्सनललाई उसकै घरेलु मैदानमा आइतबार १–० ले हराएको छ । लिगका पछिल्ला चार खेलमा आर्सनलको यो तेस्रो हार हो ।

 

 

चोटका कारण भार्डीले सुरुदेखि खेलेका थिएनन् । व्यवस्थापक ब्रेन्डन रोजर्सले उनलाई ३० मिनेटको खेल बाँकी छँदा मैदान पठाएका थिए । यस सिजनमा उनको यो छैटौं गोल हो ।

 

 

 

 

आर्सनलविरुद्ध अधिकांश समय निर्णायक साबित हुँदै आएका छन्, ३३ वर्षीय भार्डी । उनले आर्सनलविरुद्ध लिगका १२ खेलमा ११ गोल गरिसकेका छन् । यसअघि साउथह्याम्पटनले शीर्ष स्थानमा रहेको एभरटनलाई २–० ले हरायो ।

 

यससँगै एभरटनको लिगमा शतप्रतिशत सुरुआतमा पूर्णविराम लागेको छ । यस्तै अर्को खेलमा उल्भ्स र न्युकासलले १–१ को बराबरी खेलेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version