काठमाडौं: भारत र अमेरिकाले रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान गर्ने विषयमा सम्झाता गरिएको हो ।

 

यस सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।

 

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।

 

लद्धाख घटनापछि भारत र चीन बीचमा तनाव बढिरहेको समयमा भएको भएको सम्झौताले धेरै महत्व राख्ने बीबीसीले जनाएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version