बारा: बारामा प्रहरी तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।
सुवर्णपुर गाउँपालिकामा बुधबार साँझ ७ बजेतिर भएको झडपमा  प्रहरी १२ राउन्ड हवाइफायरसमेत गरेको थियो ।
सोक्रममा १४ वर्षीय रन्जन यादव घाइते भएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ।
तस्करहरूले ल्याएका ६ बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।
सोक्रममा १२ राउन्ड हवाईफायर भएको र एक जना सईसहित तीन प्रहरी घाइते भएको उनले बताए । उनीहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ।
 
 
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version