काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुबीच कुरा नमिल्दा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि पातलिएको छ ।
अहिले दुई अध्यक्षले भेटवार्ता गरेका छैनन् । यसअघि आपसी छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्थे भने अहिले झण्डै १० दिनदेखि प्रचण्डले ओलीलाई भेटेका छैनन् ।
भेटघाट नभएपनि दुवै अध्यक्षबीच सन्देश आदानप्रदान भने भइरहेको सचिवालयले जनाएको छ । दुवै अध्यक्षले दोस्रो तहका नेतामार्फत सन्देश आदानप्रदान गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका नेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत दुई अध्यक्षबीचको सन्देश आदान प्रदान चलिरहेको छ ।
ओलीले छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि ओलीले छलफल गर्न प्रचण्डलाई बोलाएका थिए ।
प्रचण्डलाई भेटवार्ताका लागि बोलाउन लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।
प्रचण्डले ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version