काठमाडौँ: नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दैै कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

यसअघि काँग्रेसले बोलाएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि प्रभावित भएको थियो ।

यसैबीच सहमहामन्त्री प्रकाश शरण महतका अनुसार केन्द्रीय समितिअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ । सो बैठकमा पनि पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने उनले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने जनाएको छ । तर, कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version