काठमाडौं : गीतको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात् समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र लेखेको छ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको हो।

 

गत वर्ष पनि उनको एउटा र्‍यापका कारण अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version