काठमाडौँ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री हेरफेरको तयारी गरेका छन् ।
मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरू भएको विवाद मन्त्री बर्खास्तीको तहसम्म पुग्न लागेको हो ।
जानकारी नदिइ संसदीय दलमा उपस्थित नभएको र नैतिकताका आधारमा राजीनामा दिन सुझाउँदा पनि नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय दुई मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउन लागेका हुन् ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्तको तयारी गरेको स्रोतले बताएको छ ।
Facebook Comments Box
