काठमाडौँ: प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।

सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ।

यो हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version