काठमाडौँ: नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक पार्टीको आगामी १४औँ महाधिवशेन केन्द्रित छ ।

सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो ।

बैठकमा दुबैपक्षका नेताहरुले यस बिषयमा आफ्ना धारणा राखेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस भनी सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा केन्द्रित भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version