काठमाडौं: नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् ।

भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा नरवणेले यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने भनेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आभारी रहेको उनले बताएका छन् ।

ओलीले २८ असोजमा गरेको मन्त्रिमण्डल पुनर्गठनमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर उनको जिम्मेवारी आफूसँगै राखेका थिए । एकअर्काको देशमा दर्ज्यानी चिन्ह लगाउन जाने क्रममा सेना प्रमुखले रक्षामन्त्रीलाई पनि भेट्ने चलन छ ।

भिडियो सन्देशमा नरवणेले नेपालको राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताउँदै भनेका छन्, ‘म नेपाल भ्रमणको व्यग्र प्रतिक्षामा छु ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version