काठमाडौं : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ३९८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार उपत्काका काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो। योसँगै आज देशभरमा ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version