काठमाडौँ: हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा साढे १ अर्बको मुद्दा जितेका छन् । योसँगै आठ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी मार्फत नेपाली बैंकले फिर्ता पाउने भएका छन् ।

बैंकका तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले मेलम्चीको चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको मुद्दामा चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिनु भन्ने फैसला गरेको नोटबजारलाई जानकारी दिए ।

मेलम्ची परियोजनामा ८ वर्षअघिबाट फसेको उक्त रकमका लागि लड्दै आएका दुई बैंकले सो मुद्दामा चीनको जिल्ला अदालतले उक्त रकम नेपालका बैंकहरुलाई फिर्ता दिन आदेश दिएको हो । यद्यपी मुद्दा हारेको पक्ष चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी माथिल्लो अदालतमा जाने बाटो भने अझै खुला नै छ।

सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले सो मुद्दा हारेका थिए । सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए । सो मुद्दा भने नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो । फेरि उच्च अदालतबाट जिल्ला आदालतमा फर्किएको सो मुद्दामा शुक्रबार नेपालका बैंकको पक्षमा फैसला भएको हो ।

चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको सम्झौता भङ्ग (ठेक्का तोडिएपछि) भएपछि मेलम्ची र बैंक अफ काठमाण्डू र हिमालयन बैंकको सम्झौता अनुसार मेलम्चीले दुई बैंकबाट १.५० अर्ब रुपैयाँ क्लेम मागेको थियो । सो बखतामा अधिवक्ता गान्धी पण्डितले नै मेलम्चीको तर्फबाट मुद्दा लडेर नेपालको अदालतबाट बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट उक्त रकम दिलाएका थिए ।

दुई बैंकले मुद्दा हारेर रकम तिर्नुपर्ने भएपछि उनै अधिवक्ता पण्डिलाई चाइना ब्यूरो रेलवे १५ विरुद्ध चीनमा गएर मुद्दा लड्न दुई बैंकले अगाडि सारेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version