काठमाडौं: विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अधिवेशन बोलाउन माग गरेका छन् । सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् ।

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याए । ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारका दुष्कर्म/कुकर्म आमजनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद् अधिवेशन बोलाएर छलफल गर्ने कि: १. कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६ अन्य !’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version