चितवन: चराउने क्रममा हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ।
शनिबार दिउँसो चितवनको रत्ननगर नगरपालिका-६ स्थित जंगलमा चराउने क्रममा माउतेलाई नै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
राष्टिय प्रकृति संरक्षण कोषले पाल्दै आएको हात्तीले रौतहटको चन्दपुर गैडाटार घर भएका ३३ वर्षीय माउते हंसराज कुँवरमाथि आक्रमण गरेको थियो। उनी रत्ननगर-६ मा बस्दै आएका थिए।
हात्तीले आक्रमण गरेको स्थान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ।
Facebook Comments Box
