काठमाडौँ: सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एपी वन टीभीलाई शनिबार राति अन्तर्वार्ता दिएका छन्। अहिले चलिरहेको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बताएका मुख्य बुँदाहरू :

– दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याउन सकिने अवस्था थिएन। त्यसैले दुई वर्ष पर्खने काम भयो र त्यो अवधी पुग्ने बित्तिकै तयारी गरियो। बीचमा सहमति गरियो तर त्यो टाइम वाइ गर्नका लागि मात्रै भयो।

– गुटगत बैठक कति बसिरहेका छन्? केपी ओली हट्दैछन् हटाइन्छ भन्ने सन्देश दिएर अस्रिता सिर्जना गर्न खोजिएको छ।

– म राजीनामा गर्दिन। सरकार परिवर्तन हुँदैन। मन्त्रीपरिषद पुनर्गठनको सम्भावना पनि अहिले छैन।

– को सँग भेट्ने को सँग नभेट्ने भन्ने होइन। भेट (रअका प्रमुख सामन्त गोयल) सँगको भेटमा परराष्ट्रका प्रतिनिधि वा को को राखिएको छ अहिले भनिरहनु परेन।

– दूतले कुनै निर्णय दिँदैन, उताको कुरा यता ल्याउँछ, यताको उता सुनाउँछ। वार्ता अवरुद्ध भएको थियो, त्यो तोडिएको छ।

– उहाँहरू (प्रचण्डसहित) कतिपयले झगडा नगरौं बरु मिल्न नसकिने हो भने आफ्नो आफ्नो गरौं भन्नु भएको थियो।

– अध्यक्षहरूको परामर्शमा महासचिवले बैठक बोलाउने हो। कसैले बाटोमा हिंड्दा हिंड्दै बैठक बोलाउन भन्यो भनेर बैठक बस्दैन।

– गुटगत बैठक बस्नु र झुटा कुरा ब्रिफिङ गर्नु र पार्टीलाई अप्ठेरोमा पार्न खोज्नु राम्रो होइन।

– हिजोको गुटगत बैठक अनुचित हो। त्यसरी गुटगत बैठक गरेर अनुचित माग लिएर आउने गलत कुरा हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version