काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली र नेपालको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै सम्बन्ध सुधारेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको मतभेद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीले सहकार्यका लागि नेपाललाई प्रस्ताव गरे पनि सहमति हुन सकिरहेको छैन ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट (आइतबार) ओली र नेपालबीच छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन घण्टा लामो छलफल भएको छ । छलफलका लागि ओलीले नेपाललाई एक्लै बोलाए पनि उनी आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेका थिए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version