काठमाडौँ: भारतको बिहार विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याएको छ।

मंगलबार राति अबेर सम्पन्न मतगणनाअनुसार २ सय ४३ सिटमध्ये सत्तारूढ गठबन्धनले १ सय २५ सिटसहित बहुमत प्राप्त गरेको हो।

राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको विपक्षी महागठबन्धनले १ सय १० सिट मात्रै जितेको छ। यसैगरी एआईएमआईएमले ५, लोजपा र बसपाले एक/एक तथा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्।

त्यहाँको निर्वाचन आयोगका अनुसार सत्तारूढ एनडीएमा आबद्ध भाजपाले ७४ सिट, जनता दल युनाइटेडले ४३ सिट, विकासशील इन्सान पार्टी (भीआईपी) र हिन्दुस्तानी अवाम मोर्चाले ४/४ सिटमा विजय हासिल गरेका छन्।

यस्तै विपक्षी महागठबन्धनमा रहेका राष्ट्रिय जनता दलले ७५, कांग्रेसले १९, भाकपा र माकपाले २–२ सिट जितेका छन्।

७५ सिट जितेर आरजेडी बिहारको सबैभन्दा ठूलो पार्टी बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version