काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले चीनलाई नेपाली भूमि मिचेकाे छैन भन्ने दिन चुनौती दिएका छन्।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले नेपाल-चीन सम्बन्ध बिगार्न हुम्लामा सीमा मिचिएको भनी गलत हल्ला फैलाउने काममा कांग्रेस नेता शाहीको प्रमुख भूमिका रहेको आरोप लगाउँदै समाचार छापेको थियो।

त्यसलगत्तै कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गरी चीन सरकारलाई नेपाली भूमि अतिक्रमण नभएको प्रमाण पेस गर्न चुनौती दिएका हुन्।

‘चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्छु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको एक इन्च भूमि पनि नमिचिएको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version