काठमाडौँ: अहिले देशभरका अस्पतालमा ८७ जना काेराेना संक्रमित भेन्टिलेटर तथा ३ सय ८७ संक्रमित आईसीयूमा छन्।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र १ सय ६८ जना आईसीयूमा छन् ।

प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा आईसीयूमा ७१ र भेन्टिलेटरमा एक जना छन्। गण्डकी प्रदेशमा ६९ जना आईसीयू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १४ जना आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । यसैगरी कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा उपचाररत छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version