काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७७ हजार ६४५ , ललितपुरमा ११ हजार १६२ र भक्तपुरमा ७ हजार ४४ संक्रमित भएका मध्ये काठमाडौंका ६१ हजार ३७९, ललितपुरका ८ हजार ७३२ र भक्तपुरका ५ हजार ६६२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ हजार ९६७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा १ हजार ३०६ सक्रिय संक्रमित रहेका छन्।

आज काठमाडौं उपत्यकामा ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुरमा ३ संक्रमितको मृत्यु भएको छ।

उपत्यकामा अहिलेसम्म ४५९ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९९, ललितपुरमा ८४ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

२४ घण्टामा २ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

२४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २१३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version