एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् ।

ट्रम्पले आफूले दीपावली गरिरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् ।

उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version