काठमाडौँ: सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्थायी सरकारका लागि धेरै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी त्याग्न तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै मन्त्री गुरुङले पार्टीभित्रको विवादले प्रतिक्रान्ति निम्त्याउने चेतावनी समेत दिएका छन्।

‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन्, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं’ मन्त्री गुरुङले भनेका छन् ‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री स्थायी वा आफ्नो पद त्याग गर्न पनि तयार छौं।’

पार्टीका नेता कार्यकर्ताको भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका अन्य जिम्मेवार नेताहरुसँग आग्रह गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version