काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ ।
कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।
Facebook Comments Box
