काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीमा देखिएका समस्याबारे आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने भएका छन्।

आज बुधबार बसेको पार्टी सचिवालय बैठकमा उनले सो जानकारी गराएका हुन्।

उनको सो प्रस्तावसहितका विषयमा छलफल गर्ने गरी पार्टीको केन्द्रीय सचिवालयको बैठक मंसिर १३ गते बस्ने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए।

सो प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version