काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।

 

देशभर १ हजार ६६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ। २४ घण्टामा ५ हजार ६९९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

 

आज देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ३२१ जनाको मृत्यु भइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version