काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।

 

कोभिड-१९ को पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिना दिनसम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

यी अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

 

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पष्टीकरण सोधिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version