काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटीएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version