काठमाडौं: तिहार बिदापछिको तीन कारोबार दिन लगातार बढिरहेको सेयर बजारमा सोमबार भने ब्रेक लागेको छ। कारोबार रकम पनि घटेको छ भने सूचक तल आएको छ।

बजारमा दिनभरीमा ४ अर्ब ७६ करोडको सेयर कारोबार भएको छ। गत बिहीबार र हिजो आइतबार बजारले कारोबार रकममा रेकर्ड कायम गरेको थियो। हिजो बजारमा ६ अर्ब ९० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएको थयो।

बजार बीच बीचमा हरियो देखिए पनि लामो समय रातो भइरहेको थियो। बीमा समूह ह्वात्तै घट्दा बजार उक्लिन नसकेको हो। हिजोजस्तै वाणिज्य बैंक समूहले लामो समय बजारलाई थेगेको थियो।

सोमबार बैंकिङसहित ब्यापार, होटल र उत्पादन तथा प्रशोधन समूह बढेको छ। होटल समूहका तीन वटा होटलको सेयर करोबार बढेर भएको छ। नोक्सानमा वासलात निस्कँदासमेत होटल समूह ७७ अंक हाराहारीले बढेको हो।

एचआइडीसीएल र हिमालयन डिस्टिलरीको सेयर मूल्य सर्वाधिक बढेको छ। धेरै घट्नेमा म्युचुअल फण्डका इकाइहरु छन्।

बजारमा नेपाल बैंक लिमिटेडको ३० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको २९ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

हिमालयन डिस्टिलरी २८ करोड ९७ लाख, नेपाल लाइफ २३ करोड २१ लाख, प्राइम बैंक १७ करोड २१ लाख, एनआइसी एसिया १४ करोड ७९ लाख, प्रभु बैंक १३ करोड ६१ लाख, नेपाल टेलिकम १३ करोड ४४ लाख, शिवम् सिमेन्ट १३ करोड ३४ लाख र नेको इन्स्योरेन्स १२ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version