काठमाडौँ: यस साता सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत सात पाँचैदिन नेप्से घटेर ठुलो घाटा ब्यहोरेका लगानीकर्ताहरुलाई यो साता शुखद रहेको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ दशमलब ३८ अंकले बढेर अन्तिम दिन १ हजार २१० दशमलब ३२ अंकमा पुगेको छ ।

यससाता होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: ३१० दशमलब ४३ अंक र २२३ दशमलब ८१ अंकले बढेको छ ।

त्यसैगरी, उत्पादन समूहमा १२७ दशमलब ७३ अंक, विकास बैंक ६५ दशमलब ३८ अंक, लघुवित्त ५२ दशमलब १२ अंक, बाणिज्य बैंक ४३ दशमलब ३७ अंक, जलबिधुत २८ दशमलब ०८ अंक, बित्त १९ दशमलब २३ अंक, अन्य १५ दशमलब ७६ अंक र ब्यापार एक दशमलब ३६ अंकले सुधार आएको छ ।

यधपी, होटल समूहको परिसूचक भने एक दशमलब ९ अंकले घटेको छ ।

नेप्से परिसूचकमा सुधार आएसंगै कारोबार रकममा पनि भारी वृद्धि आएको छ। कारोबार रकम गत साताको भन्दा ५६ दशमलब १० प्रतिशत बढी हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२ हजार ५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब ६८ अंकले बढेर २५५ दशमलब ३८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (सात करोड ८४ लाख रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version